९ कार्तिक २०८३, सोमबार

ढुंगाले हानेर ६० वर्षीया बृद्धाको हत्या, महेन्द्र कुमाल पक्राउ

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तनहुँ, ४ मंसिर । जिल्लास्थित बुढाको चौतारानजिकैको सार्वजनिक ठाटॆमा बस्दै आएकी एक बृद्धाको हत्या भएको छ ।

अन्दाजी ६० वर्षीया ती बृद्धाको कात्तिक ३० गते राति शब फेला परेको हो । ब्यास नगरपालिका–६ बुढाको चौतारानजिकै रहेको सार्वजनिक ठाटीमा बृद्धाको शब फेला परेको प्रहरीले जनाएको छ ।

मनेना कुमाल नाम गरेकी बृद्धा बिगत केहि दिनदेखि उक्त चौतारा वरिपरि बस्दै आएकी थिइन् । मृतक बृद्धाबारे अहिलेसम्म कुनै विवरण प्राप्त हुने नसकेको प्रहरीले बताएको छ ।

बृद्धाको मृत्यु रहस्यमय देखिएपछि जिल्ला प्रहरी कार्यालय तनहुले सुक्ष्मरुपमा अनुसन्धान अगाडि बढाएको थियो । अनुसन्धानको क्रममा गण्डकी प्रदेशको तालिम प्राप्त कुकुरसहित प्रहरीले घटनास्थलमा अनुसन्धान गरेको थियो ।

अनुसन्धानको क्रममा ब्यास नगरपालिका–६ एकले गाउँमा बस्ने १९ वर्षीय महेन्द्र कुमाललाई प्रहरीले पक्राउ गरी सोधपुछ गर्दा उनले आफूले मादक पदार्थ सेवन गरेको र आबेशमा आएर बृद्धाको हत्या गरेको स्वीकारेको बताइएको छ ।