९ कार्तिक २०८३, सोमबार

माओवादी केन्द्रको वडा सम्मेलन भोलि

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र(ले भोलि शनिबार देशभरका वडाहरुमा सम्मेलन गरी नेतृत्व चयन गर्ने भएको छ ।

आज शुक्रबार आयोजित पत्रकार सम्मेलनमा वडा सम्मेलनका लागि सबै तयारी पूरा भएको माओवादी केन्द्र निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले जानकारी दिए । उनका अनुसार आगामी पुस ११—१३ सम्म हुने राष्ट्रिय सम्मेलनको तीव्र तयारीमा भइरहेको र त्यसका लागि निर्वाचन नियमावली २०७८ र निर्वाचन आचारसंहिता २०७८ पनि पारित गरिएको छ ।

निर्वाचन प्रयोजनका लागि देशभरका ६ हजार वटा ७४३ वडा, ७५३ वटा पालिका र ७ वटै प्रदेशमा निर्वाचन समितिहरु गठन गरिएको उनको भनाइ छ ।

मंसिर ११ गते सम्पूर्ण पालिका र मंसिर २५ गते सातै प्रदेशमा नेतृत्व चयनका लागि सम्मेलन हुने कार्यकतालिका बनाएको माओवादीले जनाएको छ ।