
काठमाडौं, ३ मंसिर । नबिल बैंक १८औं हस्तकला व्यापार मेला र १६औं हस्तकला प्रतियोगिताको आधिकारिब बैंकिङ पार्टनर बनेको छ ।
बैंकले नेपाल हस्तकला महासंघको आयोजनामा आज शुक्रबारदेखि शुरू भएको १८औँ हस्तकला व्यापार मेला र १६औँ हस्तकला प्रतियोगिताको बैंकिङ्ग पार्टनरको रूपमा नेपाल हस्तकला महासंघसँग साझेदारी गरेको छ । काठमाडौंको हायात रिजेन्सी होटेलमा शुरू भएको मेला तथा प्रतियोगिता मंसिर ५ गतेसम्म सञ्चालन हुने छ ।
दुई पक्षबीचको साझेदारीमा नबिल बैंकका एसएमई तथा माइक्रोफाइनान्स प्रमुख निरज बस्नेत डनिल र नेपाल हस्तकला महासंघका महानिर्देशक तारक थापाले हस्ताक्षर गरेका छन् ।
नेपाल हस्तकला महासंघसँगको सम्बन्धलाई निरन्तरता दिँदै यस वर्ष समेत नबिल बैंकले महासंघको यस कार्यक्रममा सहयोग तथा सहकार्य गर्ने निर्णय गरेको हो । महासंघसँग बैंकको यो तेस्रो सहकार्य हुनाका साथै मेक इन नेपालअन्तर्गत नेपाली उत्पादनलाई सहयोग एवं प्रोत्साहनगर्ने नबिल बैंकको पहल तथा बैंकको दीगो बैकिङ्ग दृष्टिकोण अनुरूप यो साझेदारी गरिएको बैंकले बताएको छ ।
एउटै छाताभित्र हस्तकला व्यवसाय प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएका यस्ता कार्यक्रममा आधिकारिक बैंकिङ्ग पार्टनरको रूपमा सहभागी हुन पाउँदा गौरवान्वित महसुश गरेको बैंकका साना तथा मझौला उद्यम तथा लघुवित्त कर्जा विभागका प्रमुख नीरज कुमार बस्नेत डनिलले बताए ।
साथै, यस वर्ष कोभिड–१९ महामारीबाट प्रभावित हस्तकला व्यवसायलाई पुनः उत्थान गर्न आर्थिक पहुँच पुर्याई दक्ष जनशक्तिको रोजगारी सुनिश्चित गर्न सहयोग हुने समेत बस्नेतले बताएका छन् ।
नेपाली हस्तकला उद्यम र व्यवसाय प्रवद्र्धनका लागि आयोजना गरिने राष्ट्रिय स्तरका व्यापार मेलाहरूमा महासंघसँग नेपालको अग्रणी नबिल बैंक लिमिटेडले निरन्तर रूपमा गरिआएको सहयोग र सहकार्यले उद्यमी एवम् समस्त हस्तकला व्यवसायलाई ऊर्जा र हौसला प्रदान गरेको नेपाल हस्तकला महासंघका महानिर्देशक तारक थापाले बताए ।















प्रतिक्रिया