काठमाडौं, ३ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय महाधिवेशन सरेको छ ।
मंसिर ११ गतेदेखि १३ गतेसम्म महाधिवेशन गर्ने भनिए पनि बिहीबार महाधिवेशनको नयाँ मिति सार्वजनिक गरिएको विज्ञप्तिमा उल्लेख छ ।
अब मंसिरकै १५, १६ र १७ गते महाधिवेशन हुनेछ । पार्टीका अध्यक्षहरूबीच छलफलपछि महाधिवेशन केही पर सारिएको थियो ।
महाधिवेशन काठमाडौंमा हुने उक्त पार्टीले जनाएको छ । महाधिवेशन प्रतिनिधिको चुनाव गर्ने मिति पनि हेरफेर गरिएको छ ।
मंसिर ३ देखि ५ भित्र महाधिवेशन प्रतिनिधि चयनका लागि चुनाव गर्ने कार्यतालिका बनाए पनि अब मंसिर ६, ७ र ८ गते महाधिवेशन प्रतिनिधि चयन गर्ने चुनाव हुने राप्रपाले जानकारी दिएको छ ।











प्रतिक्रिया