९ कार्तिक २०८३, सोमबार

नेपालमै पहिलोपटक मिडिया अवार्ड आयोजना गरिँदै, यी २५ वटा विधामा दिइने छ अवार्ड

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ मंसिर । नेपालका सञ्चारकर्मीहरूलाई सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले नेपालमै पहिलो पटक मिडिया अवार्ड आयोजना गरिने भएको छ ।

ड्रिम हाइ नेपाल प्रालिको आयोजना र नेपाल पत्रकार महासंघको सहकार्यमा हुने अवार्डको बुधबार राजधानीको होटेल सोल्टीमा आयोजित एक कार्यक्रममार्फत औपचारिक घोषणा गरिएको छ ।

‘नेपाल मिडिया अवार्ड २०७८’ नाम दिइएको उक्त अवार्ड कुल २५ विधामा वितरण हुने आयोजकले जनाएको छ । ‘टेलिभिजन, छापा मिडिया, एफएम रेडियो र अनलाइन पत्रकारिताअन्तर्गत सञ्चार माध्यम र सञ्चारकर्मीहरूको पछिल्लो एक वर्षयताको उपस्थिति र प्रस्तुतिलाई आधार बनाएर सम्मान प्रदान गरिने छ,’ आयोजक संस्थाका प्रवन्ध निर्देशक कमल जिसीले भने, ‘उल्लेखित विधाबाहेक भुगोलतर्फको सात प्रदेशबाट २/२ जनालाई सम्मान गरिने छ भने नेपाली मिडियाको विकासक्रममा उल्लेख्य योगदान पुर्याउने दुई जना विशिष्ठ सञ्चारकर्मीलाई ‘लाइफटाइम एचिभमेन्ट’ सम्मान प्रदान गरिने छ ।’

नेपाल पत्रकार महासंघसँगको समन्वयमा महासंघका पूर्वअध्यक्षसहित सञ्चार विज्ञसहितको ५ सदस्यीय निर्णायक टीमले सम्मानित सञ्चारकर्मीहरूको छनोट गर्ने आयोजकले बताएको छ । कार्यक्रममा पत्रकार महासंघ सचिव पवन आचार्यले सञ्चारकर्मीहरूको कामलाई सम्मान गर्ने र हौसला दिने यो प्रकारको काममा महासंघ सहकार्य गर्न पाएको भन्दै खुशी व्यक्त गरे ।

आगामी पुस २३ गते आयोजना हुने उक्त अवार्ड समारोहको घोषणा कार्यक्रममा शुभकामना प्रदान गर्न वरिष्ठ सञ्चारकर्मी ऋषि धमला, वरिष्ठ सञ्चारकर्मी तथा फिल्म निर्देशक दिनेश डिसी, नेपाली फिल्म अभिनेता रमेश उप्रेती लगायत पत्रकारितासँग सम्बन्धित दर्जन बढी संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु उपस्थित थिए ।

कार्यक्रममा ब्ल्याकहर्स सूज इन्डष्ट्रिज प्रालि र जोय पपैया नेपालसँग आयोजकले प्रायोजन सम्झौता समेत गरेको छ । आयोजकको तर्फबाट ड्रिम हाइ नेपालका प्रवन्ध निर्देशक जिसीले ब्ल्याक हर्स सूजका चीनबहादुर श्रेष्ठ र जोय पपैया नेपालका कन्ट्री म्यानेजर मदन रौनियारसँग सम्झौता आदान प्रदान गरेका थिए ।

अवार्ड समारोहलाई निष्पक्ष र विवादरहित बनाउने मुल उद्देश्य रहेको भन्दै सञ्चारकर्मीहरुको श्रम सम्मानमा हुन लागेको यो प्रकारको कार्यक्रममा साथ सहयोग र सद्भावको अपेक्षा आयोजकले व्यक्त गरेको छ ।

यी २५ वटा विधामा दिइने छ अवार्ड