९ कार्तिक २०८३, सोमबार

प्रधानन्यायाधीश जबराले बोलाए फुलकोर्ट, यस्तो छ बहिष्कार गरेका न्यायाधीशको तयारी

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठक (फुलकोर्ट) बोलाएका छन् ।

दिउँसो १ बजेका लागि बैठकको समय तय भएको सर्वोच्च अदालतका न्यायाधीश तेजबहादुर केसीले जानकारी दिएका छन् । बैठकमा गोला प्रथाद्वारा मुद्दा हेर्ने प्रयोजनका लागि आवश्यक पर्ने निर्देशिका पारित गर्ने कार्यसूची छ ।

यसअघि प्रधानन्यायाधीश जबराले बोलाएको फुलकोर्ट बहिष्कार गरेर बसेका असन्तुष्ट १८ जना न्यायाधीश पनि सो बैठकमा सहभागी हुने भएका छन् । प्रधानन्यायाधीशले गोलाप्रथा लागू गर्नका लागि आवश्यक नियम संशोधन प्रयोजनका लागि बैठक बोलाएका ले उनीहरू बैठकमा उपस्थित हुन तयार भएका हुन् ।