अभाव र प्रभावको वीचमा अन्योन्याश्रित सम्वन्ध रहेको हुन्छ । एकअर्काको वीचमा पर्याय रहेको यी दुवै शब्दहरू विपरित धुब्रमा देखिएता पनि यसको भगनी सम्वन्ध रहेको हुन्छ । यहि अभाव र प्रभावको पेरिफेरीमा सिङ्गो विश्व परिचालित हुन्छ । फरक यति हो कि यसको स्वरुप भने अलग अलग रुपमा प्रतिविम्वित हुन्छ ।
अभाव र प्रभाव जीवनका साधन भएता पनि साध्य होईनन् । अभाव जीवनका वाध्यता हो भने प्रभाव यसको रौद्रता । समग्रतामा यसैको वरिपरि घुम्ने ध्येयहरू नै यसका अंशहरु हुन् । जुन हरेक सजिवताको नशा नशामा पाउन सकिन्छ ।
जीवनभित्रको अर्थमा अभाव समान्य भएता पनि यसैमा आत्मासात गर्नेहरू अनगिन्ती पाइन्छ । अनावश्यक महत्कांक्षाको भूमरीमा फसेको अभिलासामा अभावको अंशहरू स्वतः प्रस्फुटित हुन्छन्, अथवा बनाइन्छन् । वास्तविकताभन्दा वाहिर गएर चाहना राखिने आकांक्षाहरूमा अभाव स्वतः परिचालित हुन्छ । स्वतः रुपमा प्रस्फुटित हुने अभाव आवश्यताभन्दा पनि बढि हुने गर्दछ ।
न्यूनतम आवश्कताको परिपूर्ति व्यक्तिको चेतनामा निर्भर भएता पनि अभावले प्रभावित पार्नु भनेको कमजोर मस्तिष्कको घोतक हो । आवश्यकताका नाममा अभावलाई प्रधान बनाइनु मानव जीवनमा दुःख, कष्ठ र मानसिक रुपमा अस्वस्थ वन्नु हो । यहि नचाहिँदो तर ल्याइतेको वीचमा आएको यसले सिङ्गो जीवन नै कष्ठकर बनाइदिन्छ ।
अभावको न्यूनतम मूल्य र मान्यताहरू रहँदैनन न यसको विशिष्टता । आत्मिक सन्तुलनमा नै प्रभाव पार्ने यो आफैमा अमूर्तता रहेको छ । अन्देखा तर सबैमा गुणको रुपमा आसिन रहने अभाव व्यक्तिको चेतनास्तरको मापन यन्त्र हुन् । आर्थिक, भौतिक र अन्य रुपमा कमजोर रहेकाहरू यसको महत्वलाई प्रधानता देख्दछन भने चेतनाको अभिवृद्धिका घोतकहरू यसको उपलव्धता कमजोर देख्दछन् । यसरी व्यक्तिको दृष्टिकोणमा भर पर्ने अभावीय वस्तुको मुख्य विशेषता भनेको असन्तुष्टि नै हो । दुखः र कष्ट नै हो । जसले जीवनमा असोचनीय परिणामहरू सिर्जना गर्दछ ।
निश्चित अवधि र प्राप्तिमा यसको महत्व सकिने अवस्था हुँदाहुँदै पनि यसको दायरा फराकिलो पार्न खोज्नु भनेको थप मानसिक पीडा दिनु हो । कोही पनि जीवनभर अभावको अखडामा वन्धक हुन सक्दैन । यद्यापि, यसको अंशीयार हुने लालचामा दौडनेहरुको कमी हुँदैन । जसले समग्र मानव र समाजलाई नै वन्धक बनाइदिन्छ । सजिवतामा सास रहिञ्जेल नै आवश्यकताको चरण पूरा हुन सक्दैन, यहि यथार्थतामा अभाव प्रधान वनेर आइदिन्छ । अभावको प्रभावबाट अलग्गिनु समान्य विषय हुन सक्दैन ।
समान्य सोँच र चेतनास्तरले यसको आवश्यकतावोधलाई जित्न सक्दैन । यसैमा नै लीन हुने वाध्यात्मकतामा जीवन घस्रिरहेको हुन्छ । यहि वन्धक सोँचबाट उम्कन नसक्ने शिराहरू जीवनका मानसपटलमा विभिन्न माध्याम बनेर घुमिरहन्छ । जीवनको अर्थभित्र अभावको महत्व कति ? के अभावविना जीवनको अर्थ पुरा हुदैन ? जीवन पूर्णतामा अभावको कति सामिप्यता ? यो सवै प्रश्नको अनुत्तरित प्रश्नहरूले भौतिक प्राप्तिलाई सोँच्न वाध्य बनिदिन्छ । जब भौतिकतामा जीवन फस्दै जान्छ, अभावको पर्खालहरू थप अग्लो बन्दै जान्छन् ।
अभावले मात्र जीवनमा डेरा मात्र जन्माउँदैन, यसले प्रभावको विकास पनि गराउँदछ । प्राप्ति र उपलव्धको लिस्नो उक्लदै गर्दा अझ अन्य प्राप्तिका लागि प्रभाव देखाउन थाल्दछ । असीमित आवश्यकता पूर्तिमा प्रभाव अभावको सहारा बन्दछ । त्यसका लागी गरिने हत्कण्डा थप शक्ति, आर्थिकता हासिलमा महत्व राख्दछ, यसका लागि प्रभाव अभावहीनका लागि प्रयोग हुन थाल्दछ । यसरी एकअर्काको पर्यायका रुपमा आर्कषित हुने गर्दछन् । प्रभावका लागि अभाव प्रधान बन्दछ भने फेरि अभाव प्राप्तिका लागि प्रभाव प्रधान बनाइन्छ । अभावले जीवनको अर्थ बुझ्न प्रयत्न खोजेता पनि प्रभावले जीवनमा अभावलाई कमजोरीको रुपमा बुझिदिन्छ ।
शक्ति, दम्भ र मुर्खताभित्र अभाव र प्रभावको वहुगुणीय भूमिका रहेको हुन्छ । सत्यतालाई समेत छोप्ने खोज्ने एकाकाररुपी गुणहरू हरेकका जीवनमा देख्न सकिन्छ । मात्रामा तलमाथि हुन सक्ला, तर यसको राग सबैमा हुन्छ । फरक त यसलाई हेर्ने दृष्टिकोणमा मात्र पाइन्छ, जसको मात्रा भने सबैमा समान हुँदैन । प्राप्तिमा अभाव मूल्यवान भएता पनि प्रभाव विस्तारमा अभाव नकारात्मक ध्येयका साथ प्रस्तुत हुन्छ । यहि अभाव र प्रभावको हिसाव कितावमा मानव जीवनले डाँडा काटेको हुन्छ । सोँचको अधिनस्थ हुन पर्ने विषयहरू अभाव र प्रभावमा सोँच वन्धक बनिदिन्छ । जब सोँच नै बन्धक बन्छ, अनि अभाव र प्रभावले जीवनलाई नै तरंगित बनाइदिन्छ ।
सोँच पनि कति नतमस्तक ! अभाव र प्रभावको जञ्जालमा रुमल्लिने । जान्ने र भोग्ने शब्दहरु सायद एकैठाँउमा नभेटिएलान् । आम रुपमा समान्य लाग्ने यो सोचको दरिद्रता पनि कति कति ? आर्थिक तथा भौतिकताभन्दा धेरै पर ! सोँचको समागम मस्तिष्क र ह्दयको एकाकार हुन सके ! काश, जीवन यति गाह्रो हुने थिएन होला !














प्रतिक्रिया