९ कार्तिक २०८३, सोमबार

प्रधानमन्त्री देउवासँग अमेरिकी विदेशमन्त्रीले भेट गर्दै, केली केइन्डरलिङ पनि नेपाल आउँदै

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ मंसिर । अमेरिकी विदेश सहायकमन्त्री डोनाल्ड लु ले आज बिहीबार नेपालका प्रधानमन्त्री प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्ने भएका छन् ।

दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी सहायक विदेशमन्त्री लु हिजो बुधबार साँझ काठमाडौं आएका थिए । उनले आज प्रधानमन्त्री देउवासहित परराष्ट्रमन्त्री नारायण खड्का र अन्य अधिकारीहरूसँग पनि भेट गर्ने बताइएको छ ।

लु नेपाल भ्रमणका रहेकै बेला आजै अमेरिकी उपसहायकमन्त्री केली केइन्डरलिङ पनि नेपाल आउने कार्यक्रम छ । भेटवार्ताका क्रममा कोभिड–१९, जलवायु परिवर्तन र लोकतन्त्रको सबलीकरण जस्ता अमेरिकी राष्ट्रपति जो बाइडेनका उच्च प्राथमिकतामा रहेका चुनौतीबारे छलफल हुने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।