मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

शिवु क्षेत्रीको दोस्रो कृति ‘म उभिएको धरती’ लोकार्पण

दैनिक नेपाल २०७८ मंसिर २ गते ९:४१

सिलगढी । बाल साहित्यमाथि कलम चलाउँदै आएका सुपरिचित पत्रकार एवं हिमालय दर्पणका सम्पादक शिवु क्षेत्रीको दोस्रो कृति ‘म उभिएको धरती’ नेपाली साहित्यको संसारमा अर्को नयाँ उपलब्धी भएको छ ।

उनको पहिलो कृति नयाँ जुत्ता बाल साहित्यमा आधारित रहेको थियो । यसपालीको दोस्रो कृति म उभिएको धरती पत्रकारिताको क्षेत्रमा उनको आफ्नो अनुभव साथै आरोह(अवरोह बारेमा रहेको छ । यस पुस्तकमा १४ वटा निबन्धहरू समावेश रहेको छ ।

आइतबार पुस्तकको विमोचन सिलगढीको गुरुङ बस्तीस्थित भानुभक्त समिति भवनमा गरिएको थियो । प्राध्यापक मेघनाथ क्षेत्रीद्वारा संचालित कार्यक्रममा सभाध्यक्षका रुपमा भारतीय नेपाली समाजका वरिष्ठ साहित्यकार कृष्णसिंह मोक्तानले गरेका थिए । प्रमुख अतिथिका रुपमा हाम्रो स्वाभिमान ट्रस्टका ट्रस्टी एवम् अभिवक्ता प्रेम क्षेत्री उपस्थित थिए ।

कृष्णसिंह मोक्तानले म उभिएको धरती बारेमा भने, ‘यसमा लेखन शैली र शब्द चयन राम्रो रहेको छ अनि १४ वटा निबन्धभित्र दर्शन पनि लुकेको छ । शिवु क्षेत्री पत्रकार मात्र होइनन्, तर राम्रो समाज सेवक पनि हुन् कारण उनले धेरैलाई सहयोग गर्ने गरेका छन् ।’ लेखक शिवु क्षेत्रीले यस पुस्तकबाट उठेको रकम पत्रकारहरूको कल्याणका लागि कार्य गर्ने र यसका लागि पहिला कोष तयार गरिने भएको छ ।

कोषमा सहयोग पुर्याउन आयकर विभागका वरिष्ठ अधिकारी एवं समाजसेवाक मिलन रुचालले ११ हजार रुपियाँको चेक सहयोगस्वरुप प्रदान गर्ने घोषणा सो लोकार्पण कार्यक्रममा गरेका छन् । कोषबाट पत्रकारहरूलाई समस्या परेको खण्डमा सहयोग गरिनेछ ।

कार्यक्रममा हाम्रो स्वाभिमान ट्रस्टको पक्षबाट लेखक पत्रकार शिवु क्षेत्रीलाई दोसल्ला ओढाएर साथै स्मृति चिन्ह्र प्रदान गरी सम्मान गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित