१९ कार्तिक २०८३, बिहिबार

९२ हजारसहित ६ जना जुवाडे पक्राउ

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, १ मंसिर । प्रहरीले बर्दियाबाट करिब ९२ हजार रुपैयाँसहित ६ जना जुवाडेलाई पक्राउ गरेको छ ।

बर्दियाको मधुवन नगरपालिका वडा नं. ६ बुद्ध नगर टोल स्थित झक्कु सुनारको घरमा जुवातास खेलीरहेको भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय ढोढरी बर्दियाबाट प्रहरी निरीक्षक राजन कुमार गौतमको कमाण्डमा प्रहरी खटिई गई खानतलासी गर्दा जुवा खेलीरहेको अवस्थामा ९१ हजार ९५५ रुपैयाँ र जुवा खेलाउने घरधनी झक्कु सुनारसहित ६ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा मधुवन नगरपालिका ८ का घरधनी सुनारसहित ईश्वरराज बिक, केशवराज अधिकारी, तिर्थ बि.क., लाल ब.बिष्ट र वलबीर सुनार रहेका छन् ।

प्रहरीले उनीहरुको साथबाट जुवा खेल्न प्रयोग गरिएको ताससहित नियन्त्रणमा लिई जुवा सम्बन्धी कसुरमा म्याद थप गरि आवश्यक अनुसन्धान भईरहेको जनाएको छ ।