१९ कार्तिक २०८३, बिहिबार

थप ४१२ जनामा कोरोना, २०२ जना निको , एकको मृत्यु

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा ४१२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा ४१२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै कुल संक्रमितको संख्या ९ लाख १३ हजार २५८ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा २०२ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ७ लाख ९८ हजार ९१६ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ६३६ जना रहेको छ ।

हालसम्म ८० लाख बढी जनसंख्याले डोज खोप लगाइसकेका मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ४८३ जना पुगेको मन्त्रालयले जनाएको छ ।