१९ कार्तिक २०८३, बिहिबार

एमाले महाधिवेशनमा कैलालीबाट छानिए ४४ जना प्रतिनिधि

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली, १ मंसिर । नेकपा एमाले कैलालीले १० औँ राष्ट्रिय महाधिवेशनका लागि ४४ जना प्रतिनिधि छानेको छ ।

वुधबार कैलालीको ५ वटै निर्वाचन क्षेत्रबाट ४४ जना प्रतिनिधिहरु छानिएका हुन् ।

४ नम्बर क्षेत्रमा बाहेक अन्य सबै क्षेत्रमा सर्वसम्मत प्रतिनिधिहरु चयन भएका नेकपा एमाले कैलालीले जनाएको छ ।

कैलालीको निर्वाचन क्षेत्र नं १ बाट कमला शाही, सोमवहादुर थापा, तपेन्द्र रावल, श्याम खत्री, द्वारिका न्यौपाने महाधिवेशन प्रतिनिधिमा छनौट भएका छन् ।

निर्वाचन क्षेत्र नं २ ले रतन थापा, डेजी पाण्डे, दलबहादुर विष्ट, नरबहादुर खड्का, कमला ओली, टीका थापा, पदमपुरा साउद, गजेन्द्र स्वाँर धरम बहादुर थापामगरलाई छनौट गरेको छ । निर्वाचन क्षेत्र नं ३ बाट रतन रेग्मी, छाँया देवकोटा, नरेन्द्र बटाला, विष्णु चौधरी,नवराज शाही छन् ।

त्यस्तै, निर्वाचनबाट निर्वाचन क्षेत्र नम्बर ४ मा निर्मला भट्ट, भागरथी विष्ट, हरिसिंह साउद, पदमसिंह सिंगाल, रामप्रसाद चौधरी, किसन साउद र धनबहादुर रोकामगर छनौट भएका छन् ।

त्यस्तै निर्वाचन क्षेत्र नं ५ बाट जीवनकुमार बम, राजेश खाती, रणबहादुर चन्द, डिल्लीराज खड्का, झुमादेवी चौधरी, नेपालु चौधरी, सन्तोष शर्मा थापा, धर्मराज पाठक, दुर्गा जोशी, रुक्मिणी देवकोटा रहेका छन् ।

दलित तर्फबाट भने दानबहादुर विश्वकर्मा, विजयराज सिंह नेपाल, ललित परियार, मोतिसिंह विश्वकर्मा,चन्द्रबहादुर दमाई, सत्यराज स्नेही, हीरा विक, सरिता सिजापतिलाई प्रतिनिधिमा छनौट गरिएको एमालेले जनाएको छ ।