४ मंसिर २०८३, शुक्रबार

प्रचण्डको कार्यक्रममा सार्वजनिक विवाद, विरोध भएपछि खारेज

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ मंसिर । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबाट स्वास्थ्य केन्द्र उद्घाटन गर्ने भन्दै दिइएको सार्वजनिक बिदा विरोध भएपछि महोत्तरीको रामगोपालपुर नगरपालिकाले सच्याएको छ ।

मंगलबार जारी गरेको सूचनामा भुलवश सार्वजनिक बिदा दिने उल्लेख भएको भन्दै मेयर अशोककुमार मण्डलले आज विज्ञप्ति निकालेर समा चकेवाका लागि बिदा दिने उल्लेख गरेका हुन् ।

उनले समा चकेवाको अवसरमा भने बिदा दिने निर्णय भएको बताएका छन् । बुधबार र बिहीबार नगरपालिकाभित्रका शैक्षिक संस्था बिदा हुने उनको भनाइ छ ।

यसअघि नगरपालिकाले स्वास्थ्य केन्द्र उद्घाटन गर्ने कार्यक्रमका लागि भन्दै आज सार्वजनिक बिदा दिने सूचना राखेको थियो ।