१९ कार्तिक २०८३, बिहिबार

मोरङमा बसको ठक्करबाट बालकको मृत्यु

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोरङ, ३० कात्तिक । पथरी शनिश्चरे नगरपालिका–२ जय चोकस्थित सडकमा बाग्मती प्रदेश–३–००१ ख २०० नम्बरको बसको ठक्करबाट बेलबारी नगरपालिका–४ बस्ने २६ वर्षीया भावना अचार्यको छोरा ७ वर्षीय बिवस अचार्यको मंगलबार बिहान मृत्यु भएको छ ।

भावनासँगै पैदल हिँडिरहेको अवस्थामा बाटो काट्नेक्रममा उक्त बसको ठक्करबाट गम्भीर घाइते भएका बालकको पथरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।