
काठमाडौँ, ३० कात्तिक । प्रधान सेनापति प्रभुराम शर्मा र गणतन्त्र कोरियाका राजदूत पार्क चोङ सुकबीच जङ्गी अड्डामा शिष्टाचार भेट भएको छ ।
मंगलबार प्रधान सेनापति शर्माको कार्यकक्षमा उनीहरुबीच भेट भएको हो ।
भेटमा द्विपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ ।
यस किसिमको भेटले दुई देशबीचको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको जनाएको छ ।












प्रतिक्रिया