
काठमाडौँ, ३० कात्तिक । नेकपा एमालेले ६० जिल्लाबाट महाधिवेशन प्रतिनिधिहरु छानिएको जनाएको छ ।
एमालेले आज साँझसम्ममा बाँकी जिल्लाका प्रतिनिधिहरुको विवरण पठाउन निर्देशन दिएको छ ।
१६ जिल्लाका प्रतिनिधिको विवरण आउन बाँकी रहेको नेकपा एमाले प्रचार विभाग उपप्रमुख सूर्य थापाले जनाएका छन् ।
थापाले कैलाली, कञ्चनपुर, डोटी, अछाम, बाजुरा, काभ्रेपलाञ्चोक, रसुवा, धनुषा,महोत्तरी, रौतहट, सिरहा, सप्तरी, सुनसरी, धनकुटा, पाँचथर र ताप्लेजुङ जिल्लाबाट पनि महाधिवेशन प्रतिनिधिहरूको विवरण आउन बाँकी रहेको जनाएका छन् ।
एमालेको मंसिर १०, ११ र १२ गते चितवनमा दशौं राष्ट्रिय महाधिवेशनका हुँदैछ ।












प्रतिक्रिया