मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

कवि नवराज पराजुलीको प्रमुख आकर्षणमा सिक्किममा ‘साहित्य उत्सव–२०२१’ आयोजन हुँदै

जगन दाहाल २०७८ कार्तिक ३० गते १२:५८

-जगन दाहाल

गान्तोक, ३० कात्तिक । सिक्किममा आगामी १६ नोभेम्बरमा अन्तर्राष्ट्रिय स्तरको ‘सिक्किम साहित्य उत्सव–२०२१’ को आयोजन भइरहेको छ ।

यस उत्सवमा नेपालका ख्यातिप्राप्त कवि नवराज पराजुली प्रमुख आकर्षण बन्नेछन् । यस अवसरमा राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङ (पीएस गोले) मुख्य अतिथि रहने छन् भने कार्यक्रममा सिक्किम, दार्जीलिङ र कालेबुङका वरिष्ठ साहित्यकारहरूलाई सम्मानित गरिनेछ ।

सिक्किममा पहिलोपल्ट आयोजन भइरहेको यस साहित्य महोत्सवको मूल उद्देश्य भने साहित्यलाई अघि बढ़ाउनु रहेको छ । यस पटकको उत्सवमा नेपाली अनि अङ्ग्रेजी भाषाका कविता वाचन प्रतियोगिता, अङ्ग्रेजी अनि नेपाली भाषाको पुस्तक निरूपण प्रतियोगिता अनि वाक्पटुता प्रतियोगिता शामिल छन् ।

आयोजक पक्षले यस पालिको प्रतियोगितामा सिक्किमेली भेकका कवि अनि उनीहरूको कृतिलाई प्राथमिकता दिँदै प्रतियोगितामा शामिल गराएको छ । प्रतियोगिता स्कूल, महाविद्यालय अनि विश्वविद्यालय स्तरमा वर्गिकृत गरिएको छ भने पुस्तक निरूपण खुल्ला प्रतियोगिता राखिएको छ ।

यस अवसरमा नेपाली अनि अङ्ग्रेजी साहित्यमा अमूल्य योगदान दिँदै आएका सिक्किम, दार्जीलिङ र कालेबुङका साहित्यकारहरूलाई सम्मानित गरिनेछ ।

अभिनन्दित हुनेहरूमा सिक्किमबाट के.एन शर्मा, वीणाश्री खरेल, चेतनराज श्रेष्ठ रहेका छन् भने दार्जीलिङबाट गुप्ता प्रधान र कालेबुङबाट कवि डा. राजेन्द्र भण्डारी रहेका छन् ।

यसरी नै राजधानी गान्तकोको जीवन शिङ मार्ग स्थित रचना बुक्सलाई पनि साहित्यको श्रीवृद्धि अनि स्थानीय लेखकहरूलाई भिप्रेरित गर्न  पुर्याएको योगदानको निम्ति अभिनन्दन गरिनेछ ।

प्रतिक्रिया
सम्बन्धित