२९ आश्विन २०८३, बिहिबार

सिक्किममा साहित्य उत्सव आयोजन गरिने

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जगन दाहाल

गान्तोक । सिक्किममा आगामी २६ नोभेम्बरको दिन अन्तर्राष्ट्रिय स्तरको ‘सिक्किम साहित्य उत्सव-२०२१’को आयोजन भइरहेको छ ।  यस उत्सवमा नेपालका ख्यातिप्राप्त कवि नवराज पराजुली प्रमुख आकर्षण बन्नेछन् ।

यस अवसरमा राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङ (पीएस गोले) मुख्य अतिथि रहने छन् भने कार्यक्रममा सिक्किम, दार्जीलिङ र कालेबुङका वरिष्ठ साहित्यकारहरूलाई सम्मानित गरिनेछ।

सिक्किममा पहिलोपल्ट आयोजन भइरहेको यस साहित्य महोत्सवको मूल उद्देश्य भने साहित्यलाई अघि बढ़ाउनु रहेको छ। यस पटकको उत्सवमा नेपाली अनि अङ्ग्रेजी भाषाका कविता वाचन प्रतियोगिता, अङ्ग्रेजी अनि नेपाली भाषाको पुस्तक निरूपण प्रतियोगिता अनि वाक्पटुता प्रतियोगिता शामिल छन्।

आयोजक पक्षले यस पालिको प्रतियोगितामा सिक्किमेली भेकका कवि अनि उनीहरूको कृतिलाई प्राथमिकता दिँदै प्रतियोगितामा शामिल गराएको छ। प्रतियोगिता स्कूल, महाविद्यालय अनि विश्वविद्यालय स्तरमा वर्गिकृत गरिएको छ भने पुस्तक निरूपण खुल्ला प्रतियोगिता राखिएको छ।

यस अवसरमा नेपाली अनि अङ्ग्रेजी साहित्यमा अमूल्य योगदान दिँदै आएका सिक्किम,दार्जीलिङ र कालेबुङका साहित्यकारहरूलाई सम्मानित गरिनेछ। अभिनन्दित हुनेहरूमा सिक्किमबाट के.एन शर्मा, वीणाश्री खरेल, चेतनराज श्रेष्ठ रहेका छन् भने दार्जीलिङबाट गुप्ता प्रधान र कालेबुङबाट कवि डा. राजेन्द्र भण्डारी रहेका छन्।

यसरी नै राजधानी गान्तकोको जीवन शिङ मार्ग स्थित रचना बुक्सलाई पनि साहित्यको श्रीवृद्धि अनि स्थानीय लेखकहरूलाई भिप्रेरित गर्न पुऱ्याएको योगदानको निम्ति अभिनन्दन गरिनेछ।