
धनुषा, २९ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले साइकल खरिदमा अनियमितता गरेको ठहर गरेको छ ।
आयोगले मुख्यमन्त्री कार्यालयबाट भएको साइकल खरिदमा अनियमितता भएको पाइएको जनाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको प्रमुख कृष्णप्रसाद सापकोटाले ‘मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ अभियान’ अन्तर्गत वितरणका लागि खरिद गरिएको साइकलमा अनियमितता भएको जनाएका छन् ।
अभियानमाक साइकल खरिदमा अनियमितता भएको भन्दै उजुरी परेपछि बर्दिबासस्थित अख्तियारको टोलीले गत असोज १३ गते मुख्यमन्त्री कार्यालयमा छापा मार्दै केही फाइल नियन्त्रणमा लिएको थियो ।
आयोगले ति फाइलहरुको अध्ययनबाट अनियमितता भएको जनाएको हो ।
आयोगले प्रारम्भिक अनुसन्धानमा अनियमितता भएको देखिएको बताएको हो ।
अनियमितताबारे अध्ययन गर्न छुट्टै अनुसन्धान अधिकृत नियुक्ति गरिएको र थप अध्ययन पछि वास्तविकता पत्ता लाग्ने आयोगले जनाएको छ ।












प्रतिक्रिया