४ मंसिर २०८३, शुक्रबार

ओखलढुंगामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ओखलढुंगा, २९ कात्तिक । ओखलढुंगामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

सुनकोशी गाउँपालिका–९ काँडेभञ्याङ नजिकै सोमबार बिहान साढे ७ बजे जीप दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायब उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार जिप दुर्घटनामा परी ३ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा १३ जना घाइते छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ । घाइतेहरूलाई काठमाडौं ल्याउने तयारी छ ।

प्रदेश ३–१०२२–च९६९४ नम्बरको जीप दुर्घटनामा परेको प्रहरीको भनाइ छ । दुर्घटनामा परेका घाइतेहरूको प्रहरीले उद्धार गरिसकेको छ ।