४ मंसिर २०८३, शुक्रबार

रौतहटमा विषका कारण दुई बालकको मृत्यु

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गौर, २९ कात्तिक । रौतहट जिल्लामा दुई बालकहरूको विषका कारण मृत्यु भएको छ ।

रौतहटको देवाही गोनाही नगरपालिका–५ टिकुलियाका सञ्जय मुखियाका ५ वर्षीय छोरा आकाश र ४ वर्षीय छोरा विकासको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरूको उपचारको क्रममा मृत्यु भएको थियो ।

बालकहरूलाई सुरुमा उपचारका लागि गरुडा लगिएको थियो । स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि वीरगञ्ज लग्दै गर्दा बाटोमै मृत्यु भएको हो ।

दुवै बालकहरूलाई रिसिवीका कारण गाउँकै स्थानीयले विष खुवाई हत्या गरेको परिवारजनको आरोप छ । प्रहरीले यस घटनालाई घटना शंकास्पद भन्दै गम्भीर अनुसन्धान गरिरहेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक विनोद घिमिरेले बालकहरूको विषका कारण मृत्यु भएको भन्दै सुक्ष्म रुपमा अनुसन्धान गरिरहेको बताएका छन् ।