भरतपुर, २८ कात्तिक । माओवादी केन्द्रका नेता एवम् बाम बुद्धिजीवी प्रेम रिमालले माओवादी केन्द्र परित्याग गरेका छन् ।
शनिवार साँझ फेसबुकमा स्टाटस लेखेर रिमालले माओवादी केन्द्र परित्याग गरेको घोषणा गरेका हुन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट मानिने रिमाल पेशाले शिक्षक हुन् ।
‘म निष्ठावानका साथ जिवन विताइरहेको मान्छे हुँ, म आजीवन कम्युनिष्ट विचार बोकेर हिड्ने मानिस हुँ’, उनले भनेका छन्, ‘आजदेखि कुनैपनि पार्टीमा आवद्ध छैन ।’
उनले नेपालका कम्युनिष्ट पार्टीले न्यूनतम आचरण पनि पालना नगरेको बताएका छन् । उनले माआवादी केन्द्र परित्याग गर्नुको अर्थ एमाले वा कांग्रेस प्रवेश गर्छ भनेर नबुझ्न अनुरोध गरेका छन् । आफू जीवनभर कम्युनिष्ट रहने समेत उनले बताएका छन् ।
१० वर्ष जनयुद्ध लडेको पार्टी माओवादीले समेत जनताका मुद्धा र कम्युनिष्टको विचार परित्याग गरेको उनको भनाई छ । उनले जनताको पक्षमा हुने आन्दोलनमा यसअघि पनि नेतृत्वदायी भूमिका खेलेको र आगामी दिनमा पनि जारी राख्ने बताएका छन् ।











प्रतिक्रिया