४ मंसिर २०८३, शुक्रबार

अवैध लागुऔषधसहित मीना पक्राउ

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ कात्तिक । झापा जिल्लामा लागुऔषधसहित मीना राई पक्राउ परेकी छिन् ।

शिवसताक्षी नगरपालिका–८ झिलझिलेबाट करिब २ ग्राम ३ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ र नगद ४१ हजार रुपैयाँ सहित सोही ठाँउस्थित होटल संचालन गरी बस्ने २९ वर्षीया मीना राईलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको जनाएको छ ।

ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित पक्राउ गरेको हो ।

सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका–१४ रामपुरा मलहनिया चोकबाट नियन्त्रित लागूऔषध डाइलेक्स डिसी १२ बोतल, स्पास्मो प्रोक्सिभन १ सय ४४ पिस र नाइट्रोसन १ सय पिस सहित सोही नगरपालिका–८ बस्ने ३२ वर्षीय मो. साबिर मियालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा खटिएको प्रहरीले उनलाई जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध फेला पारी पक्राउ गरेको हो ।