काठमाडौं, २७ कात्तिक । एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले गाउँमा मिटर ब्याज लगानीले जनता पीडित बनेको बताएका छन् ।
समाजवादी पार्टीको प्रेस संगठन घोषणा सभामा शनिबार बोल्दै उनले यसका विरूद्धमा ठूलो अभियान चलाउनुपर्ने देखिएको बताए । नेपालले भ्रष्टाचार गरेर अकुत सम्पत्ति कमाएका मान्छेले गाउँका जनता लुट्न मिटरब्याज लगानी गरेको बताए ।
नेपालले भने, ‘प्रहरीका मान्छे पनि जोडिएको सुनेको छु, मैले अस्ति प्रहरी प्रमुखलाई भनेको छु। प्रशासनको मान्छे पनि जोडिएका छन् ।’
नेपालले मिटरब्याजकै कारण सर्लाहीमा मानिसको हत्यासमेत भएको थाहा पाएको बताए ।











प्रतिक्रिया