४ मंसिर २०८३, शुक्रबार

सभापतिमा रामचन्द्रको दाबीसहित दुई विकल्प

630
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ कात्तिक । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले आफू निकटका केन्द्रीय सदस्यहरू समक्ष दुई वटा बिकल्प अगाडि सारेका छन् ।

पहिलो विकल्पमा उनले इतर समूहबाट पार्टीको १४ औँ महाधिवेशनमा सभापतिको दावी प्रस्तुत गर्ने नेताहरू आपसमा मिले आफू सहयोग गर्न तयार रहेको बताएका छन् । दाबेदारहरू आपसमा नमिले भने आफू अघि बढ्ने प्रस्ताव अघि सारेको बैठकमा सहभागी केन्द्रीय सदस्य गगन थापाले बताएका छन् ।

पौडेलले महाधिवेशनमा इतर पक्ष मिलेर जानुको विकल्प नरहेको भन्दै सभापतिको दाबेदारहरू प्रकाशमान सिंह, शशांक कोइराला, शेखर कोइराला र कृष्ण सिटौला आपसमा मिल्नुपर्ने धारणा राखेका थिए ।

चार नेता आपसमा मिलेर साझा उम्मेदवार तयार गर्न सक्ने अवस्था बनेमा आफू नेतृत्वको दौडबाट पछि हटेर सहयोग गर्न तयार रहेको पौडेलको भनाइ थियो ।

चार नेता आपसमा नमिलेको अवस्थामा आफूले परिस्थिति सहज बनाएर आफै अघि बढ्ने उनको धारणा थियो ।