३ कार्तिक २०८३, मंगलबार

कामना बैंकद्वारा ‘खगेन्द्र नव जीवन गृह’मा औषधि र ह्वील चियर प्रदान

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ कात्तिक । कामना सेवा विकास बैंक लिमिटेडले १५ औँ वार्षिक उत्सवको अवसर पारेर विभिन्न कार्यक्रम गरि मनाउँदै आएको छ ।

देशै भरीका विभिन्न १२९ शाखा र १ एक्सटेन्सन काउन्टर मार्फत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको बैंकले जनाएको छ ।

कामना सेवा विकास बैंकले आफ्नो १५ ओेैैं वार्षिक उत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौं जिल्लाको गोकर्णेश्वर नगरपालिका वार्ड नं. ६, नारायणटार स्थित नेपाल अपाङ्ग संघ ‘खगेन्द्र नव जीवन गृह’ मा औषधी तथा ह्वील चियर वितरण कार्यक्रम गरेको छ ।

उक्त कार्यक्रममा बैंकका कर्मचारी, संघका पधादिकारी, वार्ड अध्यक्ष रमेश अर्याल तथा स्थानीय महानुभावहरुको उपस्थिति रहेको थियो ।

बैंकले देशका विभिन्न भागहरुमा यस्ता सामाजिक कार्यहरु गर्दै आइ रहेको र आगामी दिनहरुमा समेत यसलाई अझै फराकिलो र प्रभावकारी बनाउदै लगिने जनाएको छ ।