काठमाडौं, २६ कात्तिक । एमालेका अध्यक्ष केपी ओलीले कार्यकर्तापंक्तिलाई उच्च समझदारीका साथ प्रतिनिधि चयन गर्न आग्रह गरेका छन् ।
शुक्रबार भिडियो सन्देश जारी गर्दै अध्यक्ष ओलीले उच्च समझदारीका आधारमा प्रतिनिधि चयन गर्न आग्रह गरेका हुन् । ‘प्रतिश्पर्धा मात्रै होइन, अझ उन्नत स्तरको समझदारी र सहमति लोकतन्त्रको उच्च स्तरीय अभ्यास हो’, ओलीले भनेका छन् ।
दलभित्रको समझदारी सुदृढ एकताको आधार हुने पनि ओलीले बताएका छन् ।
चितवनमा १०–१२ मंसिरमा हुने १०औं महाधिवेशनका लागि शनिबार प्रतिनिधि चयन हुँदैछ ।











प्रतिक्रिया