४ मंसिर २०८३, शुक्रबार

तीन जना मृत अवस्थामा फेला

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ कात्तिक । धादिङ जिल्लामा ६० वर्षीया तीर्थमाया तामाङ आफ्नै घरको बरण्डामा मृत फेला परेकी छिन् ।

धुनिबेशी नगरपालिका–१ डाडाँगाउँ बस्ने तामाङ आफ्नै घरको बरन्डामा बिहीबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

घटनामा शङ्कास्पद एक जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको जनाएको छ ।

उता, सोलुखुम्बु जिल्लाको सोलु दुधकुण्ड नगरपालिका–११ बेलिडाडा बस्ने ढकबहादुर खत्रीकी ८ महिनाकी छोरी थलमाया खत्री सुतिरहेको अवस्थामा बिहीबार मृत फेला परेकी छन् ।

त्यसैगरी, सुप्तरी जिल्लाको राजविराज नगरपालिका–१२ दामाबती टोलस्थित गोरेटो बाटोको छेउको कुलोमा हाल नाम, थर, वतन नखुलेकी करीब ६० वर्षीया महिला बिहीबार मृत अवस्थामा फेला परेकी छन् ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।