काठमाडौं, २६ कात्तिक । बैंक अफ काठमाण्डू लिमिटेड र एपोलो पोली क्लिनिकबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकहरूलाई २० प्रतिशतसम्म छुट उपलब्ध गराउने सम्झौता भएको छ ।
सम्झौता पश्चात् ग्राहकहरूले एपोलो पोलिक्लिनिकले प्रदान गर्ने प्याथोलिजी सेवामा २० प्रतिशत, डाईग्नोष्टिक सेवाहरूमा १५ प्रतिशतदेखि २० प्रतिशतसम्म तथा फार्मेसी सेवामा १० प्रतिशत छुट पाउनेछन् ।
ग्राहकहरूले उक्त सेवाहरूमा छुट उपयोग गर्नको लागि बैंकको मोबाइल बैंकिङ्ग तथा कार्डको प्रयोग गरी भुक्तानी गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ ।















प्रतिक्रिया