७ कार्तिक २०८३, शनिबार

प्राइम कमर्सियल बैंकले १६ प्रतिशत लाभांश वितरण गर्ने

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ कात्तिक । प्राइम कमर्सियल बैंक लिमिटेडले आर्थिक वर्ष २०७७–७८ को मुनाफाबाट शेयरधनीलाई १६ प्रतिशत बोनस र ०.६३१३ प्रतिशत नगद गरी कुल १६.६३१३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

सोमबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले आ.व. २०७७–७८ को वितरणयोग्य मुनाफा रकमबाट शेयरधनीलाई हाल कायम रहेको चुक्ता पूँजी रु.१६ अर्ब ८ करोड ३० लाख ३६ हजार ९ सयको १६ प्रतिशत अर्थात २ अर्ब ५७ करोड ३२ लाख ८५ हजार ९ सय ४ बराबरको बोनस शेयर तथा ०.६३१३ प्रतिशत अर्थात रु.१० करोड १५ लाख ३२ हजार २ सय ११.९५ बराबरको नगद लाभांश वितरण गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।

सञ्चालक समितिले निर्णय गरेको सो लाभांश प्रस्ताव नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृति भएपछि साधारणसभाको छलफलमा समावेश गरिनेछ ।

प्रस्ताव गरिएको लाभांश वार्षिक साधारण सभाबाट पारित भएपछि योग्य शेयरधनीले दाबी गर्न पाउनेछन् ।