७ कार्तिक २०८३, शनिबार

ओपोद्वारा नवप्रबर्तनात्मक प्रविधि सार्वजनिक

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ कात्तिक । ‘बिल्डिंग अ बेटर फ्यूचर टूगेदर’ थिमका साथ ओपोले २०२१ ओपो डेभलपर कन्फरेन्स (ओडीसी)को आयोजना गरेको छ ।

सम्मेलनमार्फत ओपोले ओमोजी, रे ट्रेसिंग र हेटेरोजिनस कम्प्यूटिंग जस्ता प्रविधिहरुका साथै, आफ्नो नयाँ ओपो हेल्थ एण्ड कारलिंक ब्यवसायको घोषणा गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘निरन्तर कनेक्टेड यो संसारमा उपकरण तथा सेवाका संख्याहरुका साथै अन्तरक्रियाका प्रबृत्तिहरु समेत बृहत्त तथा विविध छन् । विकासकर्ताहरु प्रयोगका विभिन्न परिवेशका साथै लामो सञ्चालन समयका लागि सक्षम हुनु आजको आवश्यकता हो’, ओपोका उपाध्यक्ष तथा ओपो रिसर्च ईन्स्टिच्यूटका अध्यक्ष लेभिन ल्यूले भने, ‘ओपो आफ्ना विकासकर्ताहरुलाई चुनौतीहरुको सामना गर्न तथा प्रयोगकर्ताहरुका लागि सुदृढा भविस्यको निर्माणमा सहकार्य तथा सशक्तिकरणका लागि समर्पित छ ।’