२९ आश्विन २०८३, बिहिबार

अचेतन सोचहरु

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


-वि वि श्रेष्ठ

अन्तसंस्करणको पर्यायमा यादहरु पनि धुमिलिदाँ रहेछन् ।

गतितताको मापन समान नभए झै जीवनमा तैरिने सपना र यादहरु अन्तत्वगत्व धुमिल हुदाँ रहेछ ।

हिजो आनन्दित लाग्ने शितलता पनि आज अमिलो र वोझिलो वनेको छ ।

यति धेरै प्रभावित पार्ने तत्वहरुको समागम सधै स्थिर नहुने रहेछ । त्यही अस्थिरताका सुचक नै गति रहेछ । त्यही उध्रियका यादहरु जीवनका गहना रहेछन् ।

त्यही भुल्न नसकिने जीवनका गहनाहरु जीवनका उत्तरार्धमा पर्ने फुस्रिएको त्यो नयनमा तिल्विलाईरहेका छन् ।

नदिमा वगेको त्यो पानीको वहाव पनि अस्थिर । कहिले सहयात्री ढुङ्गासँग आलिङ्गन त कहिले गुमनाम । प्रवाहको अवस्था पनि यति धेरै गतिशिल ।

प्रयत्न समान भएता पनि त्यसको वेगमा असमान रहदाँ ढुङ्गाको कहिले अधकल्चो, त कहिले भरिभराउ ।

कहिले पीधमा त कहिले निमिटयान्नै । प्रत्येक पलमा देखिएको यो गतिमा समेत यति धेरै असमानता !

तर हाम्रो सोच कहिल्यै परिस्थितीको मुल्यांकन गर्ने साहस आएन, कठै !

हिजोमात्र खौरिएको दाह्री आज पुन अस्तित्वरक्षामा आलिङ्गन भईसकेछ । नियमित कर्ममा अभ्यस्तता । त्यसले कसैको सुख, दुख, खुशी र रोदनमा दृष्टिगोचर गरेन ।

गर्यो त केवल आफनो कर्म, न कसैको सुर्ता न कसैप्रति दयाभाव ।

निरन्तरताको आफनै पहिचान, लाग्यो कति चुनौती दिईरहेको होला, मानव स्वार्थी आत्माले यहि मात्र सोचिरह्यो ।

 

मध्यान्हको त्यो पारिलो घामले पनि शरिरको सवै तापलाई समान ताप दिन सकेन । लाग्यो, सुर्यको किरणले दिने तापमा पनि विभेद ! यो साँच्चिकै विभेद हो कि सोचको असन्तुलन । घोत्लिने सोचले जीवन धर्मरायो । नसोच्ने चेष्टाले आत्मामा वन्धक वनाउन सकेन । कस्तो सोचको दरिद्रता, अनुकुलता मात्र सत्यता र यथार्थता ।

वलवानको घमण्ड दाह्री जुँगामा पनि देखाईरह्यो । प्रकृतिको चक्रमा सवैभन्दा नियम उल्लंघन गर्ने प्राणी नै मानव वनिदियो ।

मानव आत्मा पनि आग्रह र पुर्वाग्रहले ग्रसित हुदाँरहेछ । सायद यो सोचमा आधारित हुन्छ, कि हुदैन होला ? हिजो त्यहि सोच आग्रहित भईरहदाँ आज भने पुर्वाग्रहित ।

यसमा सोचको त्यो नलि खुम्चियो होला कि खुम्चाईयो होला ? यो यो पनि नियमन नै होला ! सोचमा हुने विभेदले आत्मामा कसरी विभेद गर्ला र खोई ?

कति धेरै आशक्ति सोचमा नै । अनि दुखः र कष्टको पीडामा रुमल्लिनुको विकल्प नहोला ।
सँगै वग्ने नदिको हुँकार पनि छुट्टै ।

कहिले शालिन त कहिले चिच्चाहट, लाग्यो त्यहाँ कुनै विशेष परिवेश छैन, तर पनि फरक फरक हुँकार । पल पलको वहनमा समेत असमानको त्यो खाडल ।

वुझन नसकेको त्यो फरक परिवेशलाई ह्दयांगम गर्ने आत्मिक अचेतन । सोचमा पनि वन्धक । कमजोरी ढाक्ने पंपन्चको पहाड ।

लाग्यो यो थिचिएको पहाडले अव निस्कन दिदैन, वलको मात्राले मात्र सहज नहुने रहेछ जीवन, चेतनाको अव्वलताको सही निकास नदिने हो भने नदिकिनारामा हिड्नुको विकल्प रहेनछ ।

घडिको प्रहर पनि साधन मात्र रहेछ । साध्य रहेनछ । हिजोको चोर वाल्मिकी वनेको कथा मात्र होईन रहेछ । यथार्थताको सुचकहरु ईतिहास मात्र होईन, भविश्यको मार्गदर्शन रहेछ ।

नभोगिएका यथार्थलाई झुटो भन्नु कमजोर मस्तिष्कका रेशाहरु रहेछन् । नलेखिएका कथाहरु संसारका कण कणमा रहेछन् ।

आत्माको अधिनस्थ सोच कि सोचको अधिनस्थ आत्मा भन्ने दुविधाले माथिंगल नै हल्लाईदियो ।

यहि हल्लाईलाई व्यवस्थापन गर्न नसक्दा जीवन नै अस्थिर र धर्तिको वोझ वनिदियो ।

मायाले सुम्सुम्याएको त्या ककुर आज छि छि र दुर दुर वनेको छ ।

सधै सामिप्यताको आलिंगनमा रहने आज नजिक आउने दुस्साहस गर्न सकेन । त्यो कुकुरको नयनले पनि प्रष्ट भनिरहेको थियो ।

नयनमा देखिने शुद्धता सायद अन्यमा नपाईदो रहेछ । झुटको प्रतिविम्व पनि नयनमा प्रष्ट्रिने । नयनको भावले व्यक्तिको चित्रण गर्ने चेतना समान्य नहुदो रहेछ ।

सतही र अनुकुलनको व्याख्याले जीवन नै धर्मराएछ, चाहेर पनि सन्तुलित गराउन नसकिने । सोचको वन्धकताले गाँजेको मस्तिष्कको शुद्धता अव सम्भव नहोला ।

भोगिएका जीवनलाई सत्य ठान्नेहरुको भीडमा रुमल्लिनुको विकल्प रहेन । अनुग्रहित भावको कोपोभाजन नै जीवनको अंश वनिदियो ।

मानव आत्मा पनि आग्रह र पुर्वाग्रहले ग्रसित हुदाँरहेछ । सायद यो सोचमा आधारित हुन्छ, कि हुदैन होला ? हिजो त्यहि सोच आग्रहित भईरहदाँ आज भने पुर्वाग्रहित । यसमा सोचको त्यो नलि खुम्चियो होला कि खुम्चाईयो होला ? यो यो पनि नियमन नै होला ! सोचमा हुने विभेदले आत्मामा कसरी विभेद गर्ला र खोई ? कति धेरै आशक्ति सोचमा नै । अनि दुखः र कष्टको पीडामा रुमल्लिनुको विकल्प नहोला ।

 

विश्वासको सम्वन्धमा भौतिकताले जरो गाडीदियो । अनुकुलताको जीवनले अन्तत केही समय सहजता थपे पनि अन्तत घातक वनिदियो ।

मध्यान्हको त्यो पारिलो घामले पनि शरिरको सवै तापलाई समान ताप दिन सकेन ।

लाग्यो, सुर्यको किरणले दिने तापमा पनि विभेद ! यो साँच्चिकै विभेद हो कि सोचको असन्तुलन । घोत्लिने सोचले जीवन धर्मरायो ।

नसोच्ने चेष्टाले आत्मामा वन्धक वनाउन सकेन । कस्तो सोचको दरिद्रता, अनुकुलता मात्र सत्यता र यथार्थता ।

यहि सोचको दरिद्रताले रातको त्यो चकमन्न प्रहरमा अगाडी वढेका पाईलाहरुमा पनि प्रश्न सोधिरह्यो, यो पाईला टेकेको गति र धरातलको मिश्रण सही छ ?

आत्माले सोधेका अनुत्तरित प्रश्नमा पनि अनुकुलता र स्वार्थता हावी वनिदियो । यो जीवनको पर्याय हो कि कमजोरी ?

गतिरुपी घडि अनन्य वगिरहयो, प्रश्नहरु असंख्य थुप्रिरहे, आत्मामा अनुत्तरित प्रश्नका जवाफहरु अनुकुलतामा प्रयोग भईरहयो ।

दृष्टिकोणमा अव्वलता र चेतनाको अभिवृद्धि निश्चित समयका लागी मात्र सहज वनिदियो ।

सोचिएका सोचहरु हावाको त्यो गतिसँगै उडेर जान वाध्य वनिदियो ।

कल्पनाको महलहरु त्यही स्वार्थताको डोरीमा पुन आलिङ्गन भईरहे । त्यसलाई सासंरिक नियमनको उपज सम्झेर लाचारी प्रकट गरिरहे ।