
काठमाडौं, २१ कात्तिक । सल्यानको कपुरकोटमा आइतबार बिहान भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ जना पुगेको छ ।
प्रहरीका अनुसार ६ जनाको घटनास्थलमै र ६ जनाको अस्पतालमा मृत्यु भएको हो ।
३१ जना यात्रुमध्ये अन्य सबै घाइते छन् भने बस चालक फरार रहेको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जन्को छ ।
सल्यानको जयपानीबाट दाङको तुल्सीपुरतर्फ जाँदै गरेको रा १ ख २५५२ नम्बरको बस कपुरकोट गाउँपालिका–५ खारखोलामा बिहान पौने ११ बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रहरीले तीब्र गतिका कारण बस दुर्घटना भएको प्रारम्भिक अनुमान गरेको छ ।
बस सडकबाट २०० मिटर तल खसेको थियो । तिहार मनाएर शहरतर्फ फर्किँदै गरेकाहरु दुर्घटनामा परेका हुन् ।












प्रतिक्रिया