२९ आश्विन २०८३, बिहिबार

कतारमा नेपालीहरुले मनाए तिहार

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २० कात्तिक । कतारमा रहेका नेपालिहरुले विभिन्न कार्यक्रम गरि दिपावली पर्व मनाएका छन।तमु सास्कृतिक परिवार र सदभाव युवा समाजको आयोजनामा भएको छुट्टाछुट्टै कार्यक्रममा एकापसमा शुभकामना आदानप्रदान गरि पर्व मनाएका छन् ।

युवा समाजका अध्यक्ष गुणनिधि देबकोटाको अध्यक्षतामा भएको कार्यक्रममा अग्रज र अतिथि सम्मान सँगै कोरोनाको महामारीलाइ लक्षित गरि“अक्सिजन सिलिण्डर पठाऔ आफन्तको ज्यान जोगाऔ भन्ने अभियानका सहयोगिहरुलाइ पनि सम्मान तथा कदर पत्र प्रदान गरिएको थियो ।

एआरएनए एनसीसी कतारको पहलमा गैर आवासीय संघ मध्यपुर्वमार्फत ओमानबाट पठाइएका अक्सिजन सिलिन्डर सहयोगी दाताहरुलाइ समेत समाजले सम्मान गरेका थिए ।

अफगान रेस्टुरेन्ट दोहामा आयोजित कार्यक्रममा प्रमुख अतिथी एआरएनए एनसीसीका अध्यक्ष मोहम्मद मुक्तदा निवर्तमान उपाध्यक्ष उत्तम गुरुङ तमु समाज कतारका अध्यक्ष खुशिमान तमु लगायतको उपस्थिति रहेको थियो।त्यस्तै गरि समाजले भाग्यशाली उपहार नतिजा समेत घोषणा गरेको छ।जसमा सम्पत राई पहिलो देवराज पौडेल दोस्रो र सिर्जना राइले तेस्रो स्थान प्राप्त गरेका छन् ।

बिजेताहरुले क्रमशः आइफोन १३ प्रो, एप्पलको घडी र एअरपोड प्रो प्राप्त गरेका छन् । त्यसै गरि तमु सास्कृतिक परिवारले आयोजना गरेको कार्यक्रमा विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिको साथमा शुभकामना आदानप्रदान गरिएको थियो ।

तमु समाजका अध्यक्ष दुर्गा बहादुर गुरुङले अध्यक्षता गर्नु भएको कार्यक्रममा सालैजो, दोहोरी गित सङ्गै दिदि बहिनिले दाजुभाइलाई ढाका टोपी लगाइदिएर खुशी साटेका थिए ।

अलदोकसरी पार्कमा आयोजित कार्यक्रममा रोजगारीको क्रममा कतारमा रहेका र विभिन्न पेशा र ब्यावसायमा आवद्ध नेपालिहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

विभिन्न औपचारिक कार्यक्रमहरुको समापन पछि दिदि बहिनिहरुले ल्याएका सेल रोटि लगायत मीठो मसिनो खाएर नाचगान गरेका थिए भने नेपाली कला र सस्कृती झल्किने विभिन्न रङ्गिचङी ध्वजा पटाकाहरुले मन्च सजाइएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि सस्थापक राम बहादुर गुरुङ, विशेष अतिथि तमु समाजका अध्यक्ष खुशिमान गुरुङ, बिक्की बिक, मदन गुरुङ, बिष्णु गुरुङ, नारायण गुरुङ, तेज गुरुङ, टौ माया गुरुङ, कर्मा गरुङ, प्रकाश गरुङ लगायतको उपस्थिती थियो ।