१९ कार्तिक २०८३, बिहिबार

लक्ष्मीपूजामा दियो बाल्ने क्रममा आगलागी

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

झापा, १९ कात्तिक । दमक–३ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरका दुई घरमा गएराति आगलागी भएको छ ।

आगलागीबाट घर पूर्णरूपमा क्षति भएको त्यहाँस्थित शरणार्थी समन्वय एकाइका प्रमुख सुरेन्द्रराज दाहालले जानकारी दिए ।

उनका अनुसार शिविरका मधु चापागाईँ र अमरबहादुर मगरको घर पूर्णरूपमा क्षति भएको छ । आगलागी इलाका प्रहरी कार्यालय दमकको टोली, सशस्त्र प्रहरी बेलडाँगी र स्थानीयवासीको सहयोगमा निभाइएको थियो ।

एकाइका प्रमुख दाहालका अनुसार लक्ष्मीपूजामा दियो बाल्ने क्रममा अमरबहादुर मगरको घरबाट आगो सल्किँदा छिमेकी चापागाईँको पनि घरका भाँडावर्तन, खाद्यानलगायतका सामग्री पूर्णरूपमा नष्ट भएको थियो । –रासस