७ कार्तिक २०८३, शनिबार

नबिल बैंक ग्लोबल एसएमई फाइनान्स अवार्ड–२०२१ बाट सम्मानित

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ कात्तिक । नबिल बैंक ‘ग्लोबल एसएमई फाइनान्स अवार्ड–२०२१’ मा एसएमई फाइनान्सियर अफ द इयर–२०२१ अन्तर्गत विशिष्ट सम्मानबाट सम्मानित भएको छ ।

नबिल बैंक विश्व बैंकको सदस्य अन्तर्राष्ट्रिय वित्त संस्था (आईएफसी) र एसएमई फाइनान्स फोरमद्वारा आयोजित र वित्तीय समावेसीकरणको लागि जी २० को ग्लोबल साझेदारी (जीपीएफआई) द्वारा अनुमोदित, ग्लोबल एसएमई फाइनान्स पुरस्कारबाट सम्मानित भएको हो ।

आईएफसी र एसएमई फाइनान्स फोरमले नबिल बैंकलाई विगतको आर्थिक वर्षमा एसएमई क्षेत्रमा हासिल गरेको प्रगतिलाई पहिचान गरी सम्मान दिएको छ ।

एसएमईहरु अर्थतन्त्रको मेरुढण्ड हो । हाल कोभिड–१९ को महामारीबाट राष्ट्रिय अर्थतन्त्र प्रभावित भइरहेको अवस्थामा नबिल बैंकले रणनीतिक रुपमा एसएमई क्षेत्रको उत्थानमा ध्यान केन्द्रित गरेको छ ।

यसका लागि सक्रियतापूर्वक आफ्नो व्यावसाय प्रक्रियालाई नविनतम निति, तथा प्रकृयामा एसएमई क्षेत्रलाई सरल, सहज र चुस्त रुपमा कर्जा उपलब्द गराउदै आएको छ ।

यस उपलब्धिबाट बैंक सम्मानित भएसंगंै नबिल बैंकका प्रम७३घढसख कार्यकारी अधिकृत (सीईओ) अनिल केशरी शाहले नबिल बैंकले कोभिड–१९ का कारण कठिनाईहरु सामना गरिरहेका एमएमई क्षेत्रलाई वित्तीय पहुँच पुर्याउन प्राथमिकताका साथ काम गरिरहेको बताए ।

बैंकिङ कार्यविधिलाई प्रविधिको प्रयोग मार्फत तथा रणनीतिक योजनालाई परिवर्तन गर्दै एसएमईलाई वित्तिय पहुँच पुर्याउन ध्यान केन्द्रीत गरेको जानकारी गराउदै बैंकले देशको आर्थिक वृद्धिमा महत्वपूर्ण योगदान पुर्याइरहेको र यस क्रमलाई विभिन्न रुपमा जारी राख्ने समेत बताए ।

यस सम्बन्धमा एसएमई फाइनान्स फोरमका सीईओ म्याथ्यस गेमसेरले हरेक वर्ष धेरै प्रभावशाली संस्थाहरुले एसएमईलाई वित्तीय पहुँच पुर्याउन अविश्वनीय काम गरेको, नविनतम् प्रविधि तथा प्रयोग तथा नौलो तरिकाबाट ग्राहकलाई पहिलो प्राथमिकतामा राखेर लाभदायक र सुनिश्चित वित्तीय सेवा प्रदान गरेको पाएका बताए । सन् २०२१ को प्रतिस्पर्धाले विगतको जस्तै बृहत उपलब्धि र क्षमतामा बृद्घि भएको समेत बताए ।’

गत महिना पनि नबिल बैकलाई एसियाली विकास बैंक (एडीबी)ले सन् २०२१ को लागि नेपालको अग्रणी साझेदार बैंकको रुपमा मान्यता दिएको थियो । त्यस्तैगरी, नबिल बैंकले सफलता पूर्वक युरोमोनीद्वारा लगातार २ वर्षसम्म ‘नेपालको बेस्ट बैंक’ अवार्ड जित्न सफल भएको छ ।

सन् १९८४ देखि आफ्ना आदरणीय ग्राहकहरुलाई समायनाकूल सेवा प्रदान गर्दै आएको यस नबिल बैंकको १३५ शाखा, १८८ एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु रहेको नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेलिरहेको छ ।