७ कार्तिक २०८३, शनिबार

सानिमा बैंकको अध्यक्षमा तुक प्रसाद पौडेल नियुक्त

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ कात्तिक । सानिमा बैंक लिमिटेडको संचालक समितिको अध्यक्ष पदमा तुक प्रसाद पौडेल नियुक्त भएका छन् । बैंकको संचालक समितिको बैठकले वहाँलाई संचालक समितिको अध्यक्ष पदमा चयन गरेको छ ।

बैंकको नवनियुक्त अध्यक्ष पौडेलले नेपाल राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारी समक्ष आफ्नो ओहोदाको सपथ ग्रहण गरेका छन् । पौडेल यस अघि पनि बैंकको संस्थापक समूहको तर्फबाट विगत ८ वर्षदेखि निरन्तर रुपमा संचालक रही कार्य गरिसकेका छन् ।

नर्वेबाट हाइड्रोपावर डेभलोप्मेन्टमा स्नातकोत्तर गर्नुभएका पौडेल पेशाले हाइड्रोपावर र हाइड्रोलिक इन्जिनियर हुनुहुन्छ भने देशभित्र हाइड्रो विज्ञका रुपमा परिचित छन् ।

विगत २४ वर्षको पेशागत अनुभव संगालेका पौडेलले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा उच्चस्तरको तालिममा सहभागी भइसकेका छन् ।