७ कार्तिक २०८३, शनिबार

बैंक अफ काठमाण्डूको सीइओमा श्रवण लाल मास्के नियुक्त

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ कात्तिक । बैंक अफ काठमाण्डु लिमिटेडले बैंकको प्रमुख कार्यकारी अधिकृतमा श्रवण लाल मास्केलाई नियुक्त गरेको छ ।

वुधबार बसेको संचालक समितिको बैठकले बैंकका प्रमुख कार्यकारी अधिकृतमा मास्केलाई नियुक्त गरेको हो । नवनियुक्त बैंकका प्रमुख कार्यकारी अधिकृत मास्केले विगत ३ महिना अघि देखिबैंकको कामु प्रमुख कार्यकारी अधिकृतको रुपमा यस बैंकको नेतृत्व गर्दै आएका थिए ।

मास्केले यस बैंकको दीर्घकालिन व्यावसायिक योजना, रणनीति तर्जुमा तथा कार्यान्वयनमा अत्यन्त कुशल तथा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन् ।

सन् १९८५ नबिल बैंक लिमिटेडबाट बैंकिङ्ग क्षेत्रमा प्रवेश गरेका मास्केसँग तीन दशक भन्दा बढी बैंकिङ्ग क्षेत्रको अनुभव रहेको छ जसले उनलाई यस बैंकिङ्ग क्षेत्रमा एक अनुभवी तथा कुशल ब्यवस्थापकको रुपमा स्थापित गराएको छ ।

नवनियुक्त बैंकका प्रमुख कार्यकारी अधिकृत मास्के ले आफ्नो कार्यकालमा बैंक अफ काठमाण्डू लिमिटेडलाई थप सबल, सफल तथा अझै सुदृढ बैंकको रुपमा स्थापित गराउन आफ्नो प्रमुख भुमिका रहने जानकारी गराए ।

बैंक अफ काठमाण्डू लिमिटेडले ९१ शाखा कार्यालयहरु, ८१ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।