१९ कार्तिक २०८३, बिहिबार

चीनद्वारा नेपाललाई थप १६ लाख खोप सहयोग

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, १७ कात्तिक । चीनले नेपाललाई कोरोनाविरुद्धको थप १६ लाख डाेज साइनाेफार्म खाेप अनुदान दिएकाे छ ।

बुधबार स्वास्थ्य मन्त्रालयमा चिनियाँ राजदूत हाेउ यान्छीले स्वास्थ्य तथा जनसंख्यामन्त्री विराेध खतिवडालाई १६ लाख डाेज खोप हस्तान्तरण गरेकी हुन्।

यससँगै चीनले हालसम्म ३४ लाख डाेज खाेप अनुदानमा दिएकाे छ । त्यस्तै, नेपाल सरकारले काेभ्याक्स कस्ट सेयरिङ अन्तर्गत ५९ लाख डाेज खरिद गरेकाे छ ।

जसमध्ये १० लाख २० हजार डाेज खाेप आइसकेकाे छ भने अरूआउने प्रक्रियामा रहेकाे स्वास्थ सचिव राेशन पाेखरेलले जनाए ।

त्यसैगरी, काेभ्याक्स कस्ट सेयरिङ अन्तर्गत अन्य खाेप खरीद गर्न काेभ्याक्सलाई आवेदन दिएकाे स्वास्थ्यमन्त्री खतिवडाले बताए।

राजदूत यान्छीले चीनकाे खाेप सहयाेगले महामारी नियन्त्रणमा सहयाेगी हुने समेत बताइन्।

नेपाल सरकारले चीनलाई सहयोगको लागि धन्यवाद दिदै आगामी दिनमा सहयोगको अपेक्षा राखेको छ ।