१९ कार्तिक २०८३, बिहिबार

एमालेले थाल्यो महाधिवेशनको प्रचार, उद्घाटनमा पाँच लाख सहभागी गराउने तयारी

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ कात्तिक । नेकपा एमालेले आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुन लागेको दशौँ राष्ट्रिय महाधिवेशनको प्रचार सुरु गरेको छ ।

महाधिवेशनको उद्घाटन सत्रमा पाँच लाख बढी जनता सहभागी गराउने तयारीमा पार्टीले प्रचारप्रसार सुरु गरेको हो ।

पार्टी सचिव योगेश भट्टराईले मंगलबार महाधिवेशनको प्रचार सुरु भएको जनाए ।

भट्टराईले महाधिवेशनको उद्घाटन चितवनको नारायणी नदीको किनारमा हुने बताउँदै आसपासका जिल्लाहरुबाट जनताको ऐतिहासिक सहभागीता गराउने तयारी रहेको जनाएका छन् ।

उनले लोकप्रिय जनमतले पुनः सत्तामा फर्किने सन्देश महाधिवेशनले दिन बताए। ‘यो महाधिवशेनमा पाँच लाखभन्दा बढी जनता उपस्थिति गराइनेछ, यो महाधिवेशनको विशेष महत्त्व राख्छ। यसले आगामी आम निर्वाचन, स्थानीय निर्वाचनमा बहुमतसहित सत्तामा फर्किने सन्देश दिनेछ’, उनले भने । साढे सात लाख संगठित सदस्य भएको एमालेको राष्ट्रिय महाधिवशेनको विशेष महत्व रहेको उनको भनाइ छ ।

त्यस्तै, एमालेको नयाँ विधान प्रकाशित गर्ने कार्य भइसकेको र राजनीतिक र संगठनिक प्रतिवेदन प्रकाशित गर्ने काम भइरहेको बताए ।