
काठमाडौँ, १६ कात्तिक । इसेवा मनी ट्रान्सफरले कतारको ख्याती प्राप्त रेमिट्यान्स कम्पनी अलदार एक्सचेन्जसँग रेमिट्यान्स् भुक्तानी सम्झौता गरेको छ ।
यस सम्झौतासँगै, कतारमा रहेका नेपालीहरुले अलदार एक्सचेन्जको कतारमा रहेका २१ ओटा शाखाहरुमा गइ इसेवा मनी ट्रान्सफर मार्फत सरल र भरपर्दो माध्यमबाट नेपाल पैसा पठाउन सकिनेछ ।
अबदेखि कतारमा रहेका नेपालीहरुले अलदार एक्सचेन्ज मार्फत इवामनी ट्रान्सफरसंग आवद्ध नेपालका जुनसुकै बैंक खातामा र इसेवा वालेटमा सहजै पैसा पठाउन सकिनेछ ।
यसैगरि, अलदार एक्सचेन्जमार्फत पठाएको रकम, इसेवामनि ट्रान्सफरको देशभर रहेका ८००० भन्दा बढी एजेन्ट सञ्जाल बाट पनि सहजै भुक्तानी लिन सकिनेछ । साथै, अलदार एक्सचेन्जको (Al Dar workers app) बाट पनि चाडैं इसेवामनी ट्रान्सफरको सेवा सुचारु हुनेछ ।
उक्त सम्झौताबारे बोल्ने क्रममा इसेवा मनी ट्रान्सफरका सि.इ.ओ, अजेस कोइरालाले भने, ‘इसेवामनी ट्रान्सफर र अलदार एक्सचेन्जवीचको यस सम्झौताले कतारबाट नेपाल रेमिट्यान्स् भुक्तानी सेवालाई थप सहज बनाएको छ र कतारमा रहेका नेपाली कामदारलाई नेपालमा पैसा पठाउने एउटा प्रभावकारी माध्यम प्रदान गरेको छ ।”
अलदा एक्सचेन्ज कतारको अग्रणी रेमिट्यान्स भुक्तानी कम्पनी हो । यसले कतार मुद्रा विनिमय व्यापार उद्योगमा शिर्ष स्थान ओगटेको छ । यो सन् २००६ यताकतारी रेमिट्यान्स् बजारको एक अभिन्न हिस्सा ओगटेर बसेको कम्पनी रहेको छ ।
अलदार एक्सचेन्ज संसारका आफ्ना स्थानका अब्बल ८५ बैंकहरु सँग रेमिट्यान्सको कारोबार गर्दै आएको छ भने यसले संसारभर इसेवा मनी ट्रान्सफर जस्तै हजारौं रेमिट कम्पनीसँग आवद्ध रहँदै संसार भरिका मानिसलाई सहज र सुचारु ढंगमा रेमिट्यान्स् सेवा प्रवाह गर्दै आइ रहेको छ ।
इसेवा मनि ट्रान्सफरले परम्परागत तथा डिजिटल माध्यमबाट इसेवा वालेट प्रयोगकर्ताहरुको र ६५ भन्दा बढी बैंक खातामा विपे्रषण रकम भित्र्याउँदै आएको छ ।
इसेवा मनि ट्रानसफरले आफ्ना सेवाग्राहीहरुलाई ८००० भन्दा बढी एजेन्ट सञ्जालमार्फत पनि विपे्रषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ ।
सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्विकृति प्राप्त इसेवामनि ट्रान्सफर, देशभरका एक करोड दश लाखभन्दा बढी जनसंख्या र एक लाख बढी संस्थाहरुलाई फिनटेकमा आधारित भक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी हो ।















प्रतिक्रिया