
काठमाडौँ, १६ कात्तिक । काठमाडौँ जिल्लामा राति ९ बजेपछि देउसी भैलो खेल्न नपाइने भएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले राती ९ बजेभन्दा पछि देउसी–भैलो खेल्ने नदिने निर्णय गरेको हो ।
प्रशासनले मंगलबार एक सूचना जारी गर्दै स्वास्थ्य मापदण्ड अपनाएर तोकिएको समयमा भने देउसी भैलो खेल्न तथा पूजा पाठ गर्न अनुमति दिएको छ ।
तोकिए विपरीत गरिए कारवाही गर्ने चेतावनी समेत प्रशासनले दिएको छ ।













प्रतिक्रिया