
काठमाडौं, १६ कात्तिक । कर्णाली प्रदेशको मुख्यमन्त्रीका लागि काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले दावी पेश गरेका छन् ।
उनले कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी समक्ष मुख्यमन्त्रीमा दावी पेश गरेका हुन् ।
महेन्द्रबहादुर शाहीले सोमबार मुख्यमन्त्री राजीनामा दिएसँगै कर्णाली प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख कलौनीले मंगलबार साँझ ७ बजेसम्मको समय दिएका थिए ।












प्रतिक्रिया