
काठमाडौँ, १६ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा ४६९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा ४६९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ७ हजार ११५ र एन्टिजेन विधिबाट ३ हजार १७२ एन्टिजेन परीक्षण गरिएकोमा ४६९ जनामा संक्रमण देखिएको हो ।
यससँगै कुल संक्रमितको संख्या ९ लाख ८ हजार १०७ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा ५५५ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ७ लाख ९२ हजार ८३२ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ९ हजार १७४ जना रहेको छ ।
हालसम्म ७० लाख बढी जनसंख्याले डोज खोप लगाइसकेका मन्त्रालयले जनाएको छ ।
२४ घण्टामा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ४२७ जना पुगेको मन्त्रालयले जनाएको छ ।












प्रतिक्रिया