
काठमाडौँ, १६ कात्तिक । नेपालको अग्रणी र ठूलो नेटवर्क भएको इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालिले आफ्नो नयाँ आउटलेट पोखराको लेखनाथमा विस्तार गरेको छ ।
कम्पनीले पोखराको लेखनाथमा आफ्ना ग्राहकहरुलाई प्रत्यक्ष र सहज रुपमा सेवा उपलब्ध गराउने उद्धेश्यले आफ्नो नयाँ आउटलेट संचालनमा ल्याएको हो ।
कम्पनीले लेखनाथ आसपासका ठाउँहरुमा सेवा सुबिधा बढाउने उद्धेश्यले थप सेवा विस्तार गरेको हो । क्लासिक टेकले कोरोना महामारीको समय अनि लकडाउनपछिको छोटो समयमै तिब्र र आक्रामक गतिमा आफ्नो सेवा र आउटलेट विस्तार गर्दै गएको छ । आउटलेटमा बिल्लिङ्, कस्टमर सपोर्ट, फाइबर स्टाफ र मार्केटिंग स्टाफ राखिएको छ ।
कम्पनीले कस्टमर सपोर्ट र पेमेन्ट छिटो र छरितो बनाउनको लागि आउटलेट खोलेको हो ।
सानो भन्दा सानो सेवा पनि छिटो र छरितो समाधान हुने कम्पनीले अपेक्षा गरेको छ । कम्पनीले ७४ वटा जिल्लामा कर्पोरेटहरु र बैंकहरुलाई ईन्टरनेट र इंट्रानेट सेवाहरु पनि दिँदै आईरहेको छ ।
अरु इन्टरनेट सेवा प्रदायकहरुको भन्दा उत्कृष्ट मूल्यमा तिब्रगतिको इन्टरनेटका साथै उत्कृष्ट ग्राहक सेवा दिने उद्धेश्यले पोखराको लेखनाथमा आउटलेट विस्तार गरेको हो ।
कम्पनीले तूफान अफर अन्तरगत ५० एमबिपिएस स्पीडको इन्टरनेट केबल ११५४ प्रति महिनामा उपलब्ध गराउँदै आएको छ, जसका साथमा १५० टिभी च्यानलहरु र युट्यूब समेत हेर्न सकिने सुबिधा रहेको छ ।















प्रतिक्रिया