७ कार्तिक २०८३, शनिबार

फोर्डद्वारा ‘अफ टु नुवाकोट’ कार्यक्रम सञ्चालन

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ कात्तिक । फोर्ड नेपाल (जि.ओ. अटोमोबाईल्स प्रा.लि.) ले नेपालमा आन्तरिक पर्यटन प्रवर्द्धन र अफ रोडिङ्ग संस्कृतिको विकास गर्ने उद्देश्यले अफ टु नुवाकोट कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ ।

अफ टु नुवाकोट कार्यक्रम, जसको मुख्य उद्देश्य आन्तरिक पर्यटन प्रवर्द्धनको साथसाथै आरोहणको अवधारणालाई उकास्ने रहेको विज्ञप्तिमा उल्लेख छ ।

यो एक दिनको पारिवारिक कार्यक्रम हो । काठमाडौं उपत्यकाबाट छोटो दूरीमा रहेको तर यो नेपालको प्राचीन र ऐतिहासिक स्थलहरूमध्ये एक नुवाकोटसम्मको यात्रा रहेको छ ।

¥याली टोखा–शिवपुरी मार्ग हुँदै सञ्चालन गरिएको थियो, जुन यात्राको बीचमा वन क्षेत्र र वनस्पति र पुरातन सांस्कृतिक गाउँहरू सहितको सबैभन्दा रमणीय स्थानहरू थिए ।

यो कार्यक्रम विशेषगरी फोर्डको ट्रक जीवन शैलीको प्रदर्शनमा केन्द्रित ग्राहक संलग्नता कार्यक्रमको एक हिस्सा रहेको विज्ञप्तिमा उल्लेख छ ।