
काठमाडौं, १५ कात्तिक । प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईले दावी पेश गरेका छन् ।
राईले सोमबार प्रदेश प्रमुखसमक्ष ५० सांसदको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।
मुख्यमन्त्रीबाट भीम आचार्यले राजीनामा दिएपछि प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न मंगलबार दिउँसो १ बजेसम्मको समय तोकेका थिए ।












प्रतिक्रिया