१९ कार्तिक २०८३, बिहिबार

सुरु भयो नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त तालिम अभ्यास

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ कात्तिक । नेपाली सेना र अमेरिकी सेनाको संयुक्त तालिम अभ्यास “एक्स-टेक नेल २२” को सुरु भएको छ ।

सोमबार छाउनीस्थित रेञ्जर गणमा आयोजित एक समारोहका बीच संयुक्त तालिम अभ्यासकफ शुभारम्भ गरिएको हो ।

नेपाली सेनाको विशेष फौज बाहिनीका बाहिनीपति सहायक रथी ध्रुव प्रकाश शाहको उपस्थितिमा शुभारम्भ भएको उक्त कार्यक्रममा अमेरिकी राजदूतावासको प्यासिफिक अगमेन्टेसन टिम, तथा ओडीसीलगायतको उपस्थिति रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सेनाको खोज तथा उद्धार कार्यमा सहभागी हुने फौज मध्येबाट करीब ५० जना तथा अमेरिकी सेनाका करीब २० जना सम्मिलित सो तालिम मंसिर १४ गतेसम्म संचालन हुनेछ ।

काठमाडौं, पोखरा र अन्नपूर्ण वेश क्याम्प ईलाकामा संचालन हुने तालिममा जल उद्धार र उच्च पहाडी तथा हिमाली क्षेत्रमा खोज तथा उद्धार जस्ता विषयहरुको सैद्धान्तिक र व्यवहारिक ज्ञान दिलाउने उद्देश्य रहेको सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस किसिमको संयुक्त तालिमबाट दुवै देशका विपद् व्यवस्थापन कार्यमा संलग्न रहने फौजहरुमा उद्धार सम्बन्धि सैद्धान्तिक तथा व्यवहारिक क्षमता अभिबृद्धि हुनुको साथै दुई देश बीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।