
काठमाडौँ, १५ कात्तिक । सर्वोच्च अदालतका न्यायाधीशरु छलफलमा जुटेका छन् ।
न्यायालय सुधारको माग गर्दै ८ दिनदेखि बेन्च बहिष्कार गरिरहेका न्यायाधीशहरु सोमबार बिहान साढे ११ बजेदेखि आन्तरिक छलफलमा बसेका हुन् ।
आइतबार पनि न्यायाधीशहरुले छलफल गरेका थिए । जस क्रममा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आफ्नो सम्मानजनक बहिर्गमनको प्रस्ताव राखेको बताइएको छ ।
न्यायाधीशहरु र वकिलहरुले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै आइरहेका छन् ।












प्रतिक्रिया