शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

प्रवासी नेपाली मञ्च अष्ट्रेलियाको अध्यक्षमा जोशी चुनिए

दैनिक नेपाल २०७८ कार्तिक १५ गते १०:००

अष्ट्रेलिया । प्रवासी नेपाली मञ्च (ओएनएफ) अष्ट्रेलियाको राष्ट्रिय कमिटीको बैठकले कमिटीको पुर्नगठन गरेको छ ।

पुर्नगठित कमिटीको अध्यक्ष केशव जोशी चुनिएका छन् । अध्यक्ष रमेश पाण्डे गत मार्च महिनाबाट मञ्चको अन्तर्राष्ट्रिय कमिटीको सचिवको जिम्मेवारी प्राप्त गरेकाले अष्ट्रेलिया कमिटीबाट विदा लिएका हुन् ।

ओशियाना कमिटीको अध्यक्ष भएका राजु उपाध्याय लगाएतका माथिल्लो कमिटीमा जिम्मेवारी प्राप्त गरेपछि कमिटीबाट बिदा भएका थिए ।

अन्य पदाधिकारी तथा सदस्यहरूमा पुरानैसंरचनालाई निरन्तरता दिइएको प्रवक्ता सन्तोष दहालले बताए ।

२००५ मा अष्ट्रेलिया आएका नवनियुक्त अध्यक्ष जोशी सामाजिक तथा मञ्चको सांगठनिक क्षेत्रमा क्रियाशील छन् ।

जोशी २०१४ मा महासचिवमा निर्वाचित भएका थिए । २०१६ मा जोशीले उपाध्यक्षको जिम्मेवारी निभाएका थिए ।

प्रतिक्रिया
सम्बन्धित